उत्तर कोरियाविरुद्ध राष्ट्रसंघको थप प्रतिवन्ध

Koria

संयुक्त राष्ट्रसंघ, । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ ।

अन्तरराष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्ने सहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले शुक्रबार अनुमोदन गरेका थिए ।

चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफल उनीहरुका बीचमा भएको सहमती अनुसार सुरक्षा परिषद् यस्तो निर्णयमा पुगेको हो ।

उत्तर कोरियाका चारवटा कम्पनी र १३ जना व्यक्तिलाई प्रतिवन्ध लगाइएको अधिकारीहरुले बताएका छन् ।

पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्न राष्ट्रसङ्घ विभिन्न देशहरुको आग्रहलाई उत्तर कोरियाले अस्विकार गर्दै आइरहेको छ । पछिल्लो समयमा त उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको श्रङखलालाई थप बक्लो बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...