हिम्मत छ दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने ?

King birendra

काठमाडौं । आज जेठ १९ गते । १६ वर्षअघि आजैका दिन बार पनि त्यही शुक्रबार थियो । र, आज पनि वार ठ्याक्कै मिलेको छ ।

नेपाली राजनीतिमा शुक्रवारलाई त्यति राम्रो मानिँदैन । शुक्रबार आएपछि नेपाली जनताले त्रास बोक्ने गरेको छन् ।

नेपालमा गणतन्त्र आइसकेको छ । तर, इतिहासको त्यो कालो दिन सम्भवतः कुनै पनि नेपालीले भुल्न सक्दैन । १६ वर्ष अगाडि जेठ १९ गते शुक्रबार तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको दिनलाई आज पनि आम नेपालीले सम्झिने गर्छन् ।

तत्कालीन राजा वीरेन्द्रप्रति हेर्ने दृष्टिकोण हरेकका आ–आफ्नै होलान् र छ पनि । नेपालका एकाध वामपन्थीहरुले वीरेन्द्रलाई गद्धार भन्ने गर्छन् । तर, तीबाहेक हरेक नेपालीले प्यारा राजाको रुपमा हेर्ने गर्थे । पुजा गर्ने गर्थे । अहिले पनि वीरेन्द्रको परिवारको फोटो देख्दा विचरा राजा भन्ने गरेको सुनिन्छ ।

अहिले हामी गणतन्त्र नेपालमा छौं । यसलाई नेपाली जनताको छोरोले शाषण गर्ने व्यवस्था भनेर भनेर एकाध खुसी मनाइरहेका पनि छौं । तर, अहिले हामीले एउटा राजा फ्याँकेर सयौं राजा जन्माएकोमा यदाकता पश्चातापमा पनि छौं ।

यो वेला हामीले कुन व्यवस्था पायौं र पाएनौ भन्दा पनि इतिहासलाई फर्केर हेर्नुपर्ने अवस्था आएको छ । इतिहासलाई हेर्ने हो भने कसैलाई पद्च्युद नगरी आफु सत्तामा पुग्न सफल भइँदैन । त्यही अवस्था थियो जेठ १९ को ।

त्यसयता धेरै जना प्रधानमन्त्रीले सत्ताको रसस्वादन गरिसकेका छन् । तर, उनीहरुले इतिहासका त्यस्ता कहाली लाग्दा घटनालाई छानवीन गर्ने प्रयास गरेका छैनन् । यदी प्रयास गरेको भए मदन भण्डारी र जीवराज आश्रित जस्ताका हत्यारा पत्ता लगाउन त्यति कठिन हुने थिएन ।

इतिहास शक्तिले कोर्ने हो । तर, जेठ १९ मा भएको त्यो कालो दिनलाई चिर्न कसैले हिम्मत किन गर्दैन ? जसले त्यो घटना गराएको भए पनि जघन्य अपराध मात्रै होइन, नेपाली जनताके आस्थामाथिको प्रहार पनि हो त्यो ।

लोकतन्त्र आएपछि बनेका पहिलो प्रधानमनत्री पुष्पकमल दाहालले त्यतिवेला भनेका थिए, ‘दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौं ।’ घुम्दैफिर्दै फेरि आज उनी प्रधानमन्त्री भएका छन् । तर, घटना अहिले पनि रहस्यकै गर्भमा छ । अब त्यो रहस्य कसले खोज्ने ?

तत्कालीन राजरिवार बस्ने राजदरवार आज नारायणहिटी दरवार संग्राहलय बनेको छ । आज जो पनि पैसा तिरेपछि राजदरवार पस्न पाउँछ । त्यहाँ पुग्ने जोकसैको पनि मनमा प्रश्न किन अझै रहस्यमय बनेको होला नि दरवार हत्याकाण्ड भनेर । अझै
पनि राजदरवारका नारायणहिटी दरबार घुम्न आउने दर्शकले ‘दरबार हत्याकाण्डको छानबिन होस्’ भनेर लेखिएको देख्न सकिन्छ ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु भएको छ । यो खुसीको कुरा हो । तर, के यसैमा नेपाली जनताले चित्त बुझाउनुपर्ने हो त ?

व्यवस्था सधैं स्थिर रहँदैन । हिजो राजतन्त्र थियो, आज हामी गणतन्त्रात्मक व्यवस्थामा छौं । गणतन्त्रात्मक व्यवस्थामा पनि ज्ञात अज्ञात तत्वहरुको ‘आँखा’ लागिरहेको अवस्था छ । त्यसकारण शक्तिमा भएको बेला इतिहासलाई जोगाउने प्रयास गर्ने हो भने भोलीको दिनमा कसैले तान्डपतन्त्र देखाउन नसक्ला ।

प्रतिकृया दिनुहोस