नाइजर मरुभूमि क्षेत्रमा पानीको अभावमा ४४ आप्रवासीको मृत्यु

Niger north east

नाएमी (नाइजर), । उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसाहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो ।

सो क्षेत्र मानव तस्करहरुले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र र यस्ता घटना यदाकदा यस पहिले पनि हुने गरेको उनको भनाई छ ।

नाइजर रेडक्रस सोसाइटीले आप्रवासी शरणार्थीको मृत्यु भएको ठाउँबाट सूचना जम्मा गर्न टोली त्यसतर्फ खटाइएको जनाएको छ ।
नाइजर सुरक्षा स्रोतले उनीहरुको गाडी बिग्रेपछि पानी पिउन नपाउँदा गाडीमा यात्रारत सबैको मृत्यु भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...