कांग्रेसलाई एमालेको धक्का

देउवालाई रोक्ने षडयन्त्र रच्दै ओली

Deuba ra oli

काठमाडौं । भन्छि काँही नभएको जात्रा हाडीगाउँमा । यस्तै भइरहेको छ संसद र भरतपुरमा भरतपुरमा मतपत्र च्यातिन्छ, बानेश्वरमा संसद अवरुद्ध । यो क्रम बुधवारदेखि जारी छ ।

भरतपुरमा मतपत्र च्यातिएपछि पुनः मतगणना र मतदान भन्ने विषयमा कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच जुहारी नै चलिरहेको छ । यो जुहारी चलेको १४ जेठदेखि नै हो । जसकारण कांग्रेस सभापति शेरबहादुर देउवालाई ठूलो ठेस लागेको छ ।

पुनः मतगणना हुनपर्ने माग राख्दै एमालले बुधबारदेखि संसद अवरुद्ध पारको छ । जसका कारण राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आव्हानसमेत संसदमा पेश हुन सकिरहेको छैन ।

संसदको वैठक २१ गतेसम्मका लागि बन्द छ । तर, संसद सचिवालयले भने सुचना टासेर बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ । यदी सुचना टासेर यो प्रक्रिया अघि बढाइए आइतवार प्रधानमन्त्रीको निर्वाचन हुने छ ।

असहज बाटोमा देउवा
एमालेले गरेको लगातारको संसद अवरुद्ध र चोर बाटोबाट गरिने प्रधानमन्त्रीको निर्वचनले शेरबहादुर देउवालाई प्रधानमन्त्री त बनाउला । तर, देउवाको बाटो सहज नहुने संकेत देखिन थालेको छ ।

एमालले संसद अवरुद्ध प्रधानमन्त्रीको निर्वाचनका लागि नभई भरतपुरमा मतगणनाका लागि हो भन्दै आएको छ । तर, सत्ता पक्षले एमालेले प्रधानमन्त्रीको निर्वाचन विथोल्न संसद अवरुद्ध पारेको आरोप लगाउँदै आएको छ ।

एमाले एमालेले नेता प्रकास ज्वालाले प्रधानमन्त्रीको निर्वाचन रोक्न एमालेले संसद अवरुद्ध नपारेको र भारतपुरमा मतगणना थालिए जुनसुकै बेला पनि संसद खोल्न एमाले तयार रहेको बताउँछन् ।

पटकपटक स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पर धकेलिनु र संसदमा प्रमुख प्रतिपक्षको अवरोध जारी रहनु देउवाका लागि राम्रो संकेत होइन । किनभने दोस्रो चरणको निर्वाचन गर्न त्यसै पनि फलामको च्यूरा चपाउनु जस्तै बनिरहेको छ ।
सत्तारुढ दलका नेताहरुले भने निर्वाचन आयोगले गर्न सक्ने निर्णयलाई देखाएर संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् । सत्ता पक्षले एमाले अध्यक्ष देउवालाई प्रधानमनत्री नबनाउने पक्षमा छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीनामा दिनुअघि उनलाई राजीनामा नदिन विन्ति गर्न वालुवाटार पुगेका थिए ।

अझै पनि एमाले माओवादीसहित अन्य दल मिलेर आफैं सरकारको नेतृत्व गर्ने पक्षमा देखिएको छ । तर, माओवादीले पछिल्लोपटक कांग्रेससँग गरेको सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयनको पषमा पुगेपछि एमालेको योजनामा ठेस पुगेको छ । त्यही भएर पनि एमाले जतिसक्दो संसद अवरुद्ध पार्ने पक्षमा रहेको एमालेभित्र चर्चा पनि चलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...