खोई कहाँ छ जेब्रा क्रसिङ ?

त्यसै कारवाही गर्न पाइन्छ ?

Jebra kasing (1)

दृष्य नं. १
स्थान : गौशाला चोक
समय : विहान ९.२५ बजे

गौशाला चोकमा उभिएकी एक म्यादी प्रहरीले ट्राफिकसँग भनिन्, ‘सर उसले त एक जना पनि पक्रिन भ्याइन’ उनी त्यसो भन्दा निकै मुस्कुराइन् ।

निक्कै भीडभाड थियो । यात्रुहरुको चाप त्यति नै थियो । चोकको चारैतिर म्यादी प्रहरी थिए । उनीहरुको काम जेब्रा क्रसिङ देखाउनु थियो । ‘जेब्रा क्रसिङबाट हिड्नुस त सर’ उनको प्रश्न भुँइमा खस्न नपाउँदै ती यात्रुले भने ‘खोई जेब्रा क्रसिङ कहाँ छ ? देखाउनुस त पहिले ।’

ट्राफिक र म्यादी प्रहरी नाजवाफ भए । ‘सर अलिअलि त देखिन्छ नि । यो फेरि तपाईकै सुरक्षाका लागि हामीले भनेका हौं ।’ केही बेरको वार्तापछि ती यात्रुलाई म्यादी प्रहरीले जेब्रा क्रसिङ गर्ने ठाउँ देखाइदिए ।

दृश्य नं. २
स्थान : चावहिल चौक
समय : ९.४०

‘ए भाई, तिमीलाई जेब्रा क्रसिङबाट हिड्नुपर्छ भन्ने थाहा छैन ?

‘थाहा त छ नि सर’

‘अनि किन नहिडेको त ? जथाभावी हिड्दा ज्यानको जोखिम हुन्छ । अलिक ख्याल गर्नुपदैन ?’

‘तर सर जेब्रा क्रसिङ नै छैन त म कहाँबाट हिडौं ?

केशव खतिवडा नाम बताउने ती यात्रु र ट्राफिकबीच करिव ४ मिनेट जति भएको कुराकानी निक्कै रोचक थियो । एकले अर्कालाई दोश दिइरहेका थिए ।

ती यात्रुले खानेपानीको पाइप खन्दा भत्काइएको बाटो नबनाउँदा जेब्रा क्रसिङ मेटिएको गुनासो गरिरहेका थिए भने ट्राफिक सम्झाउने प्रयासमा थिए ।

उस्तै गुनासो
यो त उदाहरण मात्रै थियो । मंगलबारदेखि राजधानीका अधिकांस सडकमा ट्राफिक र यात्रुबीच यसरी नै जुहारी चलेको देखिन्छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले मंगलबारदेखि जथाभावी बाटो काट्नेलाई कारवाही गर्न थालेको छ । तर, बाटो काट्ने अधिकांसको गुनासो एउटै छ, ‘खोइ त जेब्रा क्रसिङ ?’

हुन पनि राजधानीका अधिकांस सडकका जेब्रा क्रसिङ मेटिएका छन् । जेब्रा क्रसिङ न चालकले देख्न सक्छन्, न यात्रुले नै । पहिले बनाइएका जेब्रा क्रसिङ पनि खानेपानीको पाइप खन्दा मेटिएको छ ।

सीमित ठाउँमा कारवाही : लामा
जेब्रा क्रसिङ नभएको ठाउँमा बाटो काट्न समस्या भएको गुनासो बढिरहेका बेला ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामाले भने, ‘जेब्रा क्रसिङ नभएको ठाउँमा हामीले कहा कारवाही गरेका छौं र ?’

‘हाललाई जेब्रा क्रसिङ भएको ठाउँमा र आकाशे पुल भएको ठाउँमा मात्रै कारबाही सुरु गरिएको हो’ उनले भने, ‘अन्य ठाउँमा पनि जेब्रा क्रसिङ बनाउने विषयमा छलफल भइरहेको छ ।’

उनले यात्रुहरुकै सुविधाका लागि यसो गरिएको बताए ।

२ दिनमा ७५११ पैदल यात्रु कारबाहीमा
महानगरिय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न सुरु गरेको छ ।

कारवाही सुरु गरेको दुई दिनमा उपत्यकामा जथाभावी बाटो काट्ने ७ हजार ५ सय ११ यात्रु ट्राफिक कारबाहीमा परेका छन् ।

महाशाखाले दुई दिनमा पैदल यात्रुबाट जरिवानावापत ९४ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

सञ्जालमा आक्रोस
महाशाखाले जथाभावी सडक पार गर्ने यात्रुलाई कारवाही गर्न थालेपछि सामाजिक सञ्जालहरुमा मिश्रित प्रतिक्रिया आउन थालेको छ ।

रामप्रसाद राई फाउण्डेसनकी अध्यक्ष सुष्मा राइले लेखेकी छन्, ‘सडकमा जेब्राक्रस सँकेत चिन्ह बनाउ, अनि मात्र जेब्राक्रस नियम पालना गराउ ।’

फेसबुकमा पत्रकार मोहन मैनाली लेख्छन्, ‘भाटभटेनी पूर्व ढल्कु चोकदेखि हाँडीगाउँ ओरालोसम्म ३५० मिटर हिँड्दा जेब्रा क्रस भेटिनँ । बाटो कहाँबाट काट्नु ? यो सडकमा बाटो काट्न जेब्रा क्रस छ, यो सडकमा चाहिँ छैन, जेब्रा क्रस खोज्नु बेकार छ भन्ने कुरा कसरी थाहा पाउने ?’

अर्का पत्रकार गंगा बराल लेख्छन्, ‘ज्यान मार्ने र गम्भीर अपराध गर्नेले छुट पाउने र थाहै नपाई बाटो वारपार गर्नेलाई अपराधी झैं पक्राउ गरेर कि दुई सय तिराउने कि लगेर थुन्ने कहाँसम्मको न्याय होला ? ट्राफिकलाई बिल काटेबापत दिइने कमिसन नरोकिएसम्म दुर्घटना झनै बढ्छ, तलबमात्र दिने गरे सवारीवालाहरु ट्राफिकको डरले भाग्नु पर्दैनथ्यो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...