साहित्यकार शर्माको१३आँै ‘चिताको काखमा’ विमोचन

म्याग्दी । म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १३आँै कृति ‘चिताको काखमा’को बुधबार बेनीमा विमोचन गरिएको छ ।

बेनी नगरपालिका–६ का शर्माले ७०आँै जन्मोत्सवका अवसरमा प्रकाशन गरेका कविता सङ्ग्रह ‘चिताको काखमा’को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले विमोचन गरेका हुन् ।

यो कृतिमा सामाजिक र जीवन सङ्घर्षका विषयवस्तुमा आधारित कविता रहेका छन् । हरेक जन्मदिनमा कृति प्रकाशन गर्दै आउका छन् । उनले यसअघि कविता सङ्ग्रह आमाको सम्झना, तस्बिरहरु, प्रतिच्छाया र रक्तरेखा प्रकाशन गरेका थिए ।

यसैगरी, शर्माद्वारा लिखित कथा सङ्ग्रह यौटा कथाको कथा, गीतिकाव्य ‘खोरभित्रको स्वर’ भाग १ र २, कोख र काख खण्डकाव्य, जीवन जेल यात्रा संस्मरण, दृष्टि मुक्तक सङ्ग्रह, आक्रान्त आवाज आलेख, यात्राका अनुभूति नियात्रा प्रकाशन भइसकेको छ ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा सचिव सुसन परियार र अमर स्पन्दनले पनि कृतिबारे बोलेका थिए ।

प्रतिकृया दिनुहोस