७ वर्षीया बालिकालाई करणी गर्ने अखिलका नेता कारवाहीमा

Paudel

पोखरा । ७ वर्षीय बालिकालाई करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका अनेरास्ववियूका नेता अशोक पौडेल कारवाहीमा परेका छन् ।

उनलाई अनेरास्ववियूले साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरेको हो । पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्रारम्भिक कमिटी पूर्व अध्यक्ष हुन् ।

मंगलवार माच्छापुच्छ्रे गाउँपालिका २ की ७ वर्षीया बालिकामाथि करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको थियो । त्यसपछि उनलाई अखिलले कारवाही गरेको हो ।

पौडेललाई यस अघिका पनि विविध घटनाक्रमले संगठनको जिम्मेवारीबाट टाढा राखिएको र पछिल्लो घटनापछि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको जिल्ला कमिटि अध्यक्ष विवेक देवकोटाले बताए । उनका अनुसार एमाले कास्कीलाई पनि उनको साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्न माग गरिएको छ ।

पौडेलले मदिराको नशामा मात्तिएर बालिकालाई करणी गर्न खोजेको प्रहरीले जनाएको छ । उनी विरुद्ध बालिकाकी आमाले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरीसमेत दिएकी छन् ।

गाउलेले बुझाए पौडेललाई
आफन्तका अनुसार बालिका चिच्याएर रोएपछि बालिकाकी आमा त्यहाँ पुग्दा पौडेल अर्धनग्न अवस्थामा रहेको देखेपछि उनले हारगुहार गरेपछि गाउँले जम्मा भएका थिए ।

आक्रोशित गाउलेले पौडेललाई कुटपिट गरी वडा प्रहरी कार्यालय बगरलाई बुझाएका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पौडेल गत वर्ष पनि यस्तै प्रकृतिका घटनामा विवादमा तानिएका थिए । एउटै घरमा डेरा गरी बस्ने युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, पछि एमालेका नेताको दबाबमा उनी छुटेको चर्चा त्यतिबेला चलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...