परिचयपत्र वितरण अझैं भएन

साउनदेखि नागरिकको विवरण संकलन गर्ने तयारी

Parichaya patra byabasthapan kendra

काठमाडौं । सरकारले परिचय पत्र वितरण गर्न फेरि नागरिकको विवरण संकलन गर्ने भएको छ । त्यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।

आगामी साउन महिनाभित्र घर घरमा पुगेर नागरिकहरुको विवरण संकलन गरिने भएको छ । परिचय पत्र वितरण गर्न राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि विवरण संकलन गर्ने भएको हो ।

निर्वाचन आयोगले तयार गरेको परिचय पत्रमा सबै विवरण स्पष्ट नभएपछि केन्द्रले घरदैलोमा पुगेर नयाँ विवरण संकलन गर्ने भएको हो ।

५ वर्षभित्र १६ वर्ष पुगेका सबै नागरिकलाई वितरण गरिसक्ने लक्ष्य लिइएको छ ।

यसअघि निर्वाचन आयोगले मतदाता परिचयपत्र बनाउँदा प्रयोग गरेको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा प्रयोग गर्ने उल्लेख गरिएको थियो ।

केन्द्रले उपलब्ध गराउने भनिएको परिचय पत्र विशिष्ट प्रकारको हुने बताइएको छ । बायोमेट्रीक राष्ट्रिय परिचयपत्रमा सवारी चालक अनुमति पत्र, ब्याङ्क खाता, प्यान नम्बर जस्ता अनेकौं तथ्यहरु समावेश गर्न सकिने केन्द्रका कार्यकारी निर्देशक उद्दवप्रसाद तिमल्सेनाले बताए ।

राष्ट्रिय परिचयपत्र वितरणसँगै शान्ति सुरक्षा कायम गर्न र कानुन कार्यान्वयन गर्न सजिलो हुनेछ भने विकास निर्माण, योजना तर्जुमा, सेवा प्रवाहमा मद्दत पुग्ने छ ।

आयोगले संकलन गरेका विवरण अपूर्ण भएकाले आफैं विवरण संकलन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ । मन्त्रिपरिषदले निर्णय गरेपछि नयाँ विवरण संकलन हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...