यसरी लुट्‍यो मेगा अस्पतालले बिरामीको सर्वश्‍व‍‍

 काठमाडौँ । अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा शिवप्रसाद चौधरी भैँसी राँगा चराउनुहुन्थ्यो।

गत वैशाख दुई गते राँगाले हानेपछि बुबाको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा शिव चौधरीलाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए।

बाटोमा एम्बुलेन्स ड्राइभरले पटकपटक सोधिरहेका थिए कुन अस्पताल लाने भनेर। मैले सिभिल अस्पताल भन्दा अन्त लगे हुन्न र भन्ने गर्थै उनी। बुवालाई सिभिल पुर्‍याए तर त्यहाँका डाक्टरले ‘ट्रमा’को उपचार हुन्न अन्त लैजान सुझाव दिएपछि एम्बुलेन्सलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍यादिन भने।

तर ड्राइभरले ट्रमा र टिचिङ अस्पतालमा आफ्नो मान्छे नभएसम्म भर्ना लिदैनन् र उपचार शुल्क पनि मंहगो लिन्छन् बरु यसका लागि मेघा अस्पतालमा राम्रो र सस्तोमा उपचार हुन्छ भन्दै एम्बुलेन्स त्यतै लगे।

उनले त्यहाँ उदारोमा पनि उपचार हुने अनि नसा र हाडजोर्नीका ठूलाठूला डाक्टर कार्यरत भएको बताए। काठमाडौंमा एक जना मामा बाहेक अरु खासै कोही चिनेजानेको थिएन्न।

त्यही भएर ड्राइभरलाई विश्वास गरे।मेघा अस्पताल पुर्याएपछि सिधै आईसीयुमा भर्ना गरियो र भनियो प्रत्येक दिनको बेड चार्ज पाँच हजार लाग्छ अनि आवश्यक औषधि उपकरण आफै किन्नु पर्छ। दुई लाख २० हजार ‘डिपोजिट’ गर्न पनि भनियो। फार्मेसीमा पनि १५ हजार डिपोजिट गर्न लगाइयो।

त्यतिबेला बुवालाई बचाउनु थियो त्यसैले चुपचाप अस्पतालले जे भन्यो त्यही मानेँ। साता दिनपछि बुवालाई ‘वार्ड’मा सारे। तत्काल ‘ट्रयाक्सन’ लगाउनु पर्छ भनियो। तर एक हप्तासम्म सामान आइपुगेको छैन भन्दै ‘ट्रयाक्सन’ लगाइएन।

बुवाको पीडा देखेर मलाई खपिनसक्नु हुन्थ्यो। बुवा दिनप्रतिदिन सुक्दै जानु भएको थियो। हातखुट्टा चल्न छोडेका थिए। म आत्तिएर डाक्टरलाई सोधिरहन्थे। डिपोजिट गरेको पैसाबाट ट्रयाक्सनको मात्रै एक लाख कटाइयो।

त्यसको सातादिनपछि अस्पतालले अप्रेशन गर्नु पर्छ भन्दै अर्को तीन लाख रुपैयाँ जुटाउन भन्यो। पहिले नै ऋण। त्यत्रो रकम जुटाउन मेरा लागि समय थिएन।

अस्पतालले मेरो कुरा नसुनेपछि बुवालाई हेर्दै आउनु भएको डाक्टरलाई फोन गरेर आफूसँग पैसा नभएको र बुवाको अवस्था झन् कमजोर भएको भन्दै उपचारमा सहयोग गरिदिन अनुरोध गरे। उल्टो डाक्टरले अस्पतालबाट आफूले ‘डियुटी’ गरेको पैसा नपाएकाले आउन नसक्ने बताए ।मैले पटकपटक ट्रमा सेन्टरमा रिफर गर्न गरेको अनुरोध अस्पतालले सुन्दै सुनेन। मैले पैसा दिन नसकेपछि भर्ना गरेको एक महिना दुई साता पछि अस्पतालले अप्रेशन गर्न नसकिने र अहिले सम्मको शुल्क तिरेपछि बुवालाई ट्रमा सेन्टर पठाउन सक्ने निर्णय सुनायो।

 कुल तीन लाख ६८ हजार रुपैयाँको बिल बनाइयो। अस्पतालको प्रिन्टर बिग्रिएको छ भन्दै कापीको पानामा हातले लेखेको बिल दियो। कुनै पनि हालतमा मैले त्यो पैसा जुटाउने सक्दैन थिए ।

अन्तमा मैले पैसा तिर्न सक्दिन बुवालाई यही छोडेर जान्छु र केही भयो भने त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्छ भन्दै म अस्पतालबाट निस्किए। अनि काठमडौंमा रहनुको भएका मामालाई सम्पर्क गरी सबै घटना सुनाएँ ।

पत्रकारलाई भनेर हुन्छ की भनेर म अर्को दिनदेखि मिडियाको खोजीमा लागे । त्यो कुरा अस्पतालका कर्मचारीले थाहा पाएछन् अनि तपाई आउनुहोस सल्लाह गरौंला भन्दै फोन गरे ।

म त्यहाँ पुग्नासाथ एकाएक अस्पतालका कर्मचारीले कुरा फेरे । पहिले पैसा नतिरेसम्म बुवाको रिफर वा डिस्चार्ज हुँदैन भन्नेहरु बुवालाई ट्रमा पठाउन राजी भए । मैले तिर्नु पर्ने बाँकी पैसा छुट गरेको सुनाए ।

 कसैलाई भन्नु भयो भने तपाइको राम्रो हुने छैन भन्दै धम्की पनि दिए मलाई । बुवाको उपचारमा लापरवाही गरेको र मेरो अनावश्यक उपचार खर्च लिएको अस्पतालसँग म झगडा गर्न चाहन्थेँ तर गरिन किनभने बुवालाई त्यहाँबाट निकाल्नु नै मेरो पहिलो काम थियो ।

अस्पतालले बुवालाई निकालेपछि मैले उहाँलाई तत्कालै ट्रमा सेन्टरको इमरजेन्सीमा पुर्याए । यहाँका डाक्टरले बुवालाई किन ढिलो ल्याएको भन्नु भयो । उहाँको जेजसरी उपचार हुनुपथ्र्यो त्यो नभएको डाक्टरको भनाइ थियो ।

बुवाको मेरुदण्डको हड्डी फुस्केकाले समयमै अप्रेशन गर्नु पथ्र्यो रे ।मैले ऋणबाट जम्मा गरेको पैसा सबै मेघा अस्पताललाई बुझाई सकेको छु।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...