गुमनाम गुरुङ : एकाएक सेलिब्रेटी

२३ वर्षपछि चिने पोखरेली जनताले

Manju gunung

पोखरा । सबै कुरामा परिचित नै हुनुपर्छ भन्ने छैन । फेरि निर्वाचन हो । अहिलेका युवा पुस्ताले नयाँपन खोजिरहेका बेला त्यही अवसर मिल्यो मञ्जु गुरुङलाई ।

पोखरेली राजनीतिमा उनी त्यति परिचित होइनन् । तर पनि नेकपा एमालेले देशकै ठूलो महानगरपालिका पाखरा लेखनाथमा उपमेयरको उम्मेदवार बनाएपछि उनी एकाएक सेलिब्रेटी बनेकी छन् । उनले पोखराको इतिहासमा नयाँ रेकर्ड कायम गरेकी छन् ।
उनी सुक्रबार सम्पन्न मत गणनामा भारी मत ल्याउँदै उपमेयरमा विजयी भइन् ।

महानगरकोे ३३ वडाको शुक्रबार भएको मत नतिजा घोषणासँंगै गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर पोखराकै इतिहासमा पहिलो महिला उपमेयर भएकी छन् ।

उनका प्रतिद्धन्दी कांग्रेसकी सरस्वती गुरुङ ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी थिइन् । मञ्जुले सरस्वतीलाई १२ हजार १ सय १० मत अन्तरले पराजित गरेकी हुन् ।

राजनितिको लामो यात्रा

गुरुङको राजनीतिक पृष्ठभूमी लामो छ । तर, उपमेयरमा विजयी बन्नुअघिसम्म उनी गुमनामझै थिइन् । २०५० सालदेखि राजनीति गरेका भए पनि गुरुङ २३ वर्षसम्म पोखरेली जनतामाझ परिचित बन्न सकेकी थिइनन् ।

०५० मा अखिल नेपाल महिला संघको साधारण सदस्य भएर राजनीतिमा पाइला टेकेकी गुरुङ अनेमसंघको सल्लाहकार सदस्य, पोखरा नगर कमिटीको सचिव, जिल्ला कमिटी कोषाध्यक्ष, जिल्ला अध्यक्ष हुँदै अखिल नेपाल महिला संघ केन्द्रीय विदेश विभाग सदस्यसमेत भइन् ।

त्यसका अलावा पार्टीका विभिन्न तहमा रहेर काम गरिन् । उनी नेकपा एमाले जिल्ला कमिटी वैकल्पिक सदस्यको रुपमा समेत काम गरिन् । उनी राजनीतिमा मात्रै होइन, सामाजिक काममा पनि त्यति नै क्रियाशील थिइन् ।

१६ मंसिर २०१८ मा स्याङजाको साविक पंचमुल सिरुवारी गाविसमा बुवा स्वः ओमप्रसाद गुरुङ र आमा गौरादेवी गुरुङको कोखबाट जन्मिएकी हुन गुरुङ । उनले आईएडसम्मको शिक्षा हासिल गरेकी छन् । उनका १ छोरा र १ छोरी छन् ।

जनभावना अनुसार चल्ने

२० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा उनलाई भारी मतले विजयी गरए । उनी जनताको मतलाई खेर जान नदिने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई जनताले जे कामका लागि मत दिए, म पूरा गर्नेछु ।’

उनले आफुलाई मत दिने जनतालाई धन्यवाद मात्रै दिएकी छैनन्, जनभावना अनुरुप चल्ने प्रतिवद्धता पनि जनाएकी छन् । उनले भनिन्, ‘जनभावना अनुरुप पोखरा लेखनाथको वृहत्तर विकासमा साझा प्रतिनिधि भएर काम गर्नेछु ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...