म​हिला फुटबल टोली पराजित

Foot ball

काठमाडौँ नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४(१ गोलअन्तरले पराजित भएको छ । त्यस्तै यही जेठ ८ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १(१ गोलको बराबरी खेलेको थियो।

मलेसियाको जितमा शेरेइलिएन इले पिउसले(२ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले समान एक एक गोल गरिन्। यता नेपालका लागि भने कप्तान सजना रानामगरले एक सान्त्वना गोल फर्काइन्।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...