विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग

Mo mo  ra samosha

रत्ननगर । अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले ।

चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’

उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका बेला मःम र समोसा बेचेर आर्थिक संकलन सुरु गरे । त्यही कामबाट आएको रकमले नेपालका विभिन्न क्षेत्रमा पीडामा परेकालाई सहयोग गर्न थाले । यो क्रम आजसम्मै जारी छ । त्यो बेला भूकम्पमा ज्यान गएकाका परिवारलाई सहयोग गर्ने थियो, अब निरन्तर विपन्नलाई सहयोग गर्ने सोच बनाएको मायाको भनाइ छ ।

मंगलबार उनीहरुले चितवनको रत्ननगरस्थित चेपाङ बालबालिकाका लागि ३ लाख पाँच हजारभन्दा बढीका विभिन्न सामग्री सहयोग गरेका छन् ।

उनले रत्ननगरमा रहेको गाँमबेसी चेपाङ केन्द्रमा बसेर अध्ययन गर्न थालेका बालबालिकालाई दुई तह भएको १५ थान फलामे ओछ्यान र विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरे । उक्त सामग्री रु तीन लाख पाँच हजारको रहेको स्थानीय समाजसेवी शिरलाल परियारको भनाइ छ । परियारका अनुसार आज श्ययासहित चामल, नुन, चिउरा, भूजालगायत सामग्री सहयोग गरिएको छ ।

यसअघि उनीहरुले ती बालबालिकाका लागि १०–१२ लाखबराबरको डाइनिङ हल, भान्छाकोठा निर्माण गरेका छन् भने पटकपटक खाद्यान्न सहयोग तथा लत्ताकपडा सहयोग गरेका सो क्रममा जानकारी दिइएको थियो ।
सामग्री हस्तान्तरणपछि इलमर मुलरले आफ्नो देशमा साथीहरु मिलेर सङ्कलन गरेको रकम ल्याएर नेपालका विपन्न चेपाङलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

इलमरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाए । उक्त कार्यक्रमलाई लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले संयोजन गरेको हो । सौराहा लायन्सकी इलेक्टेड प्रेसिडेन्ट सुजाता विष्टले विदेशमा मम र समोसा बेचेर नेपालका विपन्नलाई सहयोग गर्ने अभियानको प्रशंसा गरे ।

सो क्रममा अर्का समाजसेवी सन्तबहादुर केसीले उनीहरुका लागि रु पाँच हजार रकम सहयोगसमेत गर्नुभयो । सो क्रममा सौराहा लियोका अध्यक्ष भीम अधिकारी तथा सन्तबहादुर केसीले विपन्नलाई सहयोग गर्नु आफैँमा महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।

इलमर र माया मुलर मिलेर यसअघि चितवनका कविलासस्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेमा जस्तापाता, खाद्यान्न पनि सहयोग गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...