रातो मत्स्येन्द्रनाथको भोटो अवलोकन

भोटो देखाउने चलन वरदेवको शासनकालबाट सुरु भएको विश्वास

Bhoto jatra

काठमाडौँ, । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो ललितपुरमा देखाइएको छ ।

स्थानीय जावलाखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीलाई भोटो अवलोकन गराइएको हो । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाएका थिए ।

भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ । सो अवसरमा सरकारले विहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।
विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथालाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ ।

यो जात्रा वरदेवको शासनकाल विसं ६६२ देखि सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याउने राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको भोटो देखाउने जात्राको साइत हेर्ने ज्योतिषी परिवारका सदस्य एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीको भनाइ छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्न सुरु गरिन्छ । पहिलो दिन रथ गाबहालसम्म पु¥याइन्छ । गाबहालदेखि रथ मंगलबजारसम्म पु¥याइने छ । यसपछि मंलबजारबाट रथ तानेर सुन्धारासम्म पु¥याइन्छ । एक दिन रथ सुन्धारामा राखेर अर्को दिन चक्रबही लगिन्छ ।

चक्रबहीबाट रथ तानेर लगनखेलमा पु¥याइन्छ । रथलाई लगनखेलमा एक दिन राखेर महाबलिसहित पूजा गरिन्छ । रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ ।

राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्ष घि मत्स्येन्द्रनाथलाई ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...