आणविक अस्त्रको निश्तेज गर्न सगरमाथा आरोहण

Aanabik nisteg garna aarohan

काठमाडौं, । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने मुल नाराका साथ पाँचथरका सुशील शेर्माले सफल सगरमाथा आरोहण गरेका छन् ।

सुशील शेर्मा सगरमाथा ओरोहण सहयोग समितिले विहिवार बिहिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी ५ जेठमा सगरमाथाको टाकुरामा नेपाली झण्डा फहराएर विश्व शान्तिको लागि आणविक हतियार र अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गरेको जानकारी दिएको छ ।

विश्वमा आणविक हात–हतियारसँगै अस्त्र–शस्त्रको प्रभाव बढ्दै गएको र शान्तिको खडेरी पर्ने सम्भावना भएको कारण आणविक अस्त्रको अन्त्यको अभियान नेपालबाट सुरुवात गरेको भन्दै सहयोग समितिका अध्यक्ष टंक सेलिङले भने, ‘सुशील शेर्माको जीवन निक्कै चुनौतिको बीच भागबाट अघि बढेको थियो, धेरैले सोचेका थिए कि उसले सफलता पाउँदैन, तर शेर्मा सफल भएरै छोडे, विश्व शान्तिको विगुल फुकेरै छोडे ।’

सो पत्रकार सम्मेलनमा सगरमाथा आरोही शेर्माले पाँचथर जिल्लाको ईतिहास रचेको र विश्व शान्तिको लागि आफुले सगरमाथाको शीरबाट विश्वलाई खुल्ला आह्वान गरेको बताए । उनले आफ्नो जन्मथलोलाई मात्रै चिनाउँदै विश्वबाटै आणविक अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गर्ने अवसर पाएको बताए । उनले विश्वबाट आणविक हात हतियार र आविक बमहरू निश्तेज पार्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...