विश्वकर्मा समुदायको हितमा छ ‘भाव’

Hello

कृष्ण गहतराज
अध्यक्ष विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड द वल्र्ड

कृष्ण गहतराजलाई नेपाली दलित आन्दोलनले धेरै चिन्दैन । तर, विदेशी भुमिमा बसेर भए पनि पछिल्ला दिनमा नेपाली दलित समुदायको हक हित र अधिकारका लागि संघर्ष गरिरहेको व्यक्ति हो कृष्ण गहतराज । उनी अहिले विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड द वल्र्ड नामक संस्था खोलेर विश्वकर्मा समुदायको सीपको विकास र संरक्षणका लागि क्रियाशील भइरहनु भएको छ । यहाँ केही समयअघि नेपाल आउनु भएको थियो । त्यही बेला निशान न्युजसँग केही बेर भलाकुसरी भएको थियो । प्रस्तुत छ, विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड द वल्र्ड (भाव)का अध्यक्ष गहतराजसँग गरिएको कुराकानी :

नेपालको दलित आन्दोलनलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
म लामो समयदेखि विदेशमा बसे । कसैले हामीलाई दलित भन्छ भने भन्न दिनुस । पहिले हामीभित्रका कमीकमजोरी पत्ता लगाई त्यसलाई सुधार्न जरुरी छ । नेपालमा सरकारले दुनिया लाभ दिइरहेको छ । तर, व्यवहारमा लागू हुन सकिरहेको छैन ।

तपाई विदेशमा बस्दै आउनुभएको छ ? त्यहाँ बस्ने नेपाली दलितहरुको संरक्षणका लागि केके गरिरहनु भएको छ ?
मैले छातीमा हात राखेर भन्छु, अहिलेसम्म मैले दलित समुदायका लागि भनेर केही गर्ने मौका नै पाएको छैन । किनभने म लामो समयसम्म लण्डनमा बसे । तर पनि मैले नेपालबाट विभिन्न देशमा पुगेर काम गर्दै आएर दलित समुदायका व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छु । कामका सिलशीलामा आइपरेका समस्या समाधानमा पहल गरेको छु । म आफैँ ठाउँहरुमा पुगेर पनि उहाँहरुको काम गरेको छु । त्यो बाहेक धेरै गर्न सकेको छैन । त्यही भएर अहिले विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड द वल्र्ड (भाव) को स्थापना गरेर विश्वकर्माको हक अधिकार र संरक्षणका लागि काम गर्न थालेको छु । मैले भूकम्पको बेला नेपालका दलित समुदायले राहत पाउन भनेर प्रधानमन्त्री राहत कोषमा समेत पैसा जम्मा गरे । त्योभन्दा बाहेक विभिन्न सामाजिक कामका लागि भनेर ७ लाख रुपैयाँ सहयोग गरेको छु ।
अहिलेका कतिपय युवाले त दलित शब्दप्रति नै नकारात्मक सोच राख्न थालेका छन् । यसलाई तपाईले कसरी लिनुहुन्छ ?
वास्तवमा दलित जात होइन, समुदाय हो । यदी कसैले दलित जात हो भन्छ भने कसैले मुख थुन्न सक्दैन । दलितको अर्थ हेपिएको, थिचिएको वा दबाइएको भन्ने हुन्छ । त्यसो हुँदा विश्वकर्मा, परियार, सार्की, गाइने, वादी, मुसहर मात्रै होइन, क्षेत्री बाहुन पनि दलित हुन सक्छन् । त्यसकाराण् अहिलेका पुस्ताले सधैँ आफुलाई दलित भन्न रुचाउँदैनन् । त्यसकारण हामीले पनि यस्तो भारीलाई बोक्न छोडनुपर्छ ।
उसो भए भावको स्थापना कसरी गर्नुभयो त ?
सबैे जातले आफ्नो जातलाई महत्व दिन्छन् । हामी पनि आफ्नो जातलाई नै महत्व दिऊ, अरुको अगाडी हामी पनि केहि गरौँ भनेर भावको स्थापना गरेको हो । अहिले जातको कुरा गर्ने हो भने हरेक जातले आफ्नो परिवारलाई समेटेर निकै अगाडि बढेका छन् त्यसकारण हामी पनि केहि गरौं भन्ने लागेको हो । त्यसमा पनि विश्वका कुनाकुनासम्म विश्वकर्मा समुदाका व्यक्तिहरु पुग्नुभएको छ । नेपालमा पनि त्यति धेरै जनसंख्या छ । विश्वकर्माको छुट्टै पहिचान छ । सीप छ, कला छ, कौशल छ । तर, त्यसको संरक्षण हुन सकिरहेको छैन । त्यही भएर पनि भावको स्थापना गरिएको हो ।

तपाईले वेलायतका कार्यलय रहने री भावको स्थापना गर्नुभएको छ । यसले नेपालका दलित समुदायको कसरी हित गर्न सक्ला त ?
प्रविधिको विकासले विश्व नै खुम्चिएको अवस्था छ । यस्तो अवस्थामा जहाँ रहे पनि काम गर्न कुनै समस्या रहँदैन । हो कतिपयले नेपालमा रहेका विश्वकर्मा समुदायको हक हितमा रहेर कसरी काम गर्न सक्छ त भनेर प्रश्न पनि उठाउनु भएको छ । हामी विदेशमा बसे पनि नेपालमा स्थापना भएका विश्वकर्मा समाज र अन्य संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्न सक्छौ ।

भावको उदेश्यहरु केके हुन् ?
जुनसुकै कुराको सुरुवात गर्दा पनि आफ्नो घरबाट सरु गर्नुपर्छ । अर्काको घरमा एक छाक मिठो खाएर आफु खुसी रहन सक्दैनौ । जिन्दगी भर सफाइ हुने खालको सोच बनाएर अगाडि बढ्नुपर्छ । म चाहि पहिला आफ्नो घर बनाउन लाग्छु । पहिला आफ्नो घर बनाऊ, आफु बलियो बनेपछि कसैलाई बास दिन सकिन्छ । त्यसकारण म पनि चाहि आफ्नो घर बनाउन लागेको हुँ । मैले मेरो विश्वकर्मा परिवारभित्रका समस्या समाधान, सीपको विकास, संरक्षण र सम्बद्र्धनमा मेरो पनि हात हुनेछ भन्ने उदेश्यले यो संस्थाको स्थापना गरिएको हो । यसको मुख्य उदेश्य नै पहिले म आफैंबाट सुरु गरांै भन्ने हो । त्यसका अलावा गरिबको रेखामुनी रहेका जुनसुकै समुदायलाई माथी उठाउने हो ।

के छ भावको आगामी कार्यक्रमहरु ?
आउँदा दिनहरुमा देश तथा विदेशमा वा नेपालमा रहेर पनि काम गर्छु, नेपाल आएर गाउँगाउँ, टोलटोलमा पुगेर हाम्रो समुदायमा चेतना जगाउँछु भन्नेलाई सहयोग गर्ने भन्ने हो । त्यसका लागि नेपालमा खोलिएका विश्वकर्माका विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तिसँग पनि कुराकानी भइरहेको छ । त्यस विषयमा उहाँहरु सकारात्मक हुुनुहुन्छ । त्यसको अलावा म जति पनि ठाउँहरु घुमे, जति साथीहरु भेटे । धेरै कार्यक्रममा भाग लिने अवसर पाएँ । सबैले हेर्ने दृष्टिकोण राम्रो पाएको छु ।

तपाई विदेशमा बस्नुहुन्छ, नेपालमा विभिन्न किसिमका राजनीतिक परिवर्तनहरु प्नि भइरहेका छन् । ती परिवर्तनको आन्दोलनमा नेपालमा दलित समुदायले कस्तो योगदान पु¥याए भन्ने लाग्छ ?
हो नेपालमा साच्चे ठूलठूला परिवर्तनहरु भएका छन् । त्यसका नेपालका उत्पीडित वर्ग र समुदायको ठूलो भुमिका रहेको छ । यसमा कुनै दुविधा छैन । तर, त्यसलाई राज्यले स्वीकार गरेको अवस्था छैन । कागजी रुपमा स्वीकार गरिए पनि व्यवहारमा त्यो लागु हुन सकिरहेको छैन । त्यसकारण अब हामी आफैंबाट परिवर्तन सुरु गनुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्यूठानमा वाम गठबन्धनकी दुर्गा पौडेल विजयी

Durga paudel

प्यूठान । वाम किल्ला भनेर चिनिएको प्यूठान पुनः वाम किल्ला भएको छ । एक मात्र प्रतिनिधिसभा रहेको प्...