श्रीलंकामा बाढीमा परी १७७ को मृत्यु

कोलम्बो । श्रीलंकामा मनसुन पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ ।

विपद व्यवस्थापन निकायका अनुसार सोमबार अपरान्नसम्म १ सय ९ जना वेपत्ता भएका छन् । सो बाढीपाहिरोमा परी करिव ५ लाख व्यक्ति विस्थापित भएका छन् ।

बाढीले करिब २ हजार घरमा पूर्ण क्षति पु¥याएको छ भने बाढीग्रस्त क्षेत्रका मानिसलाई खाद्यान्न लगायतका आधारभूत सामग्रीको आवश्यक देखिएको छ ।

उद्धारका कार्यमा सरकारले करिव १ हजार ८ सय सेना, १ हजार १ सय नौसेना तथा विभिन्न संघसंस्थामा कार्यरत सयौं तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी र पश्चिमी क्षेत्रहरूका समथर क्षेत्रमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष यताकोे सबभन्दा ठूलो भएकोे छ ।

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको छ । सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्रंङ्घीय बिश्व स्वास्थ सङ्गठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरूलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन् ।

गत वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...