सुधारिएको चुलो निर्माणको अभियानले गति लियो

Chulo

तेह्रथुम, । घरलाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत सुधारिएको चुलो निर्माणको अभियानले गति लिएको छ ।

सबै घरधुरीमा सुधारिएको चुलो निर्माण तथा प्रयोग गरी जिल्लालाई घरभित्रको धुवाँमुक्त बनाउने अभियान चलिरहेको छ ।

सो अभियानअन्तर्गत जिल्लाभर हालसम्म १२ हजार ५९६ धुवाँरहित सुधारिएको चुलो निर्माण भएका छन् । जिल्लामा १७ हजार ४३२ घरधुरी भएकामा हालसम्म १२ हजार ५९६ सुधारिएको चुलो बनेको जिल्ला सेवा केन्द्र देउराली सोसाइटीका फोकल पर्सन सोमनाथ ढकालले बताए ।

अभियानकै क्रममा दुई नगरपालिका र चार गाउँपालिका साबिकमा गाविस रहेको जिल्लाका साब्ला, पिप्ले, जिरीखिम्ती र आम्बुङ गाविस घरभित्रको धुवाँरहित क्षेत्र घोषणा भइसकेका छन् ।

यस्तै मोराहाङ, सोल्मा, जलजले, श्रीजुङ र खाम्लालुङ पनि घरभित्रको धुवाँरहित घोषणा भएका छन् । निर्धारित मितिभित्रै जिल्लालाई धुवाँरहित बनाउन सबै नगरपालिका र गाउँपालिकाका वडामा चुलो बनाउने अभियान तीव्र रुपमा चलाइएको छ ।

सबै घरधुरीमा चुलो बनिसकेका सुदाप, पञ्चकन्या, सिम्ले र आङिदममा घरभित्रको धुवाँमुक्त घोषणाको तयारी भइरहेको छ । ती गाउँलाई चालु आवभित्र घरभित्रको धुवाँमुक्त घोषणा गरिने बताइएको छ ।

बाँकी सबै गाउँमा चुलो निर्माणको काम भइरहेको जिल्ला सेवा केन्द्र देउराली सोसाइटीका अध्यक्ष दिनेशप्रसाद खनालले बताउए । जिल्लाभर हालसम्म एक सय ५० स्टोभ मास्टर चुलो बनाउने काममा खटिएका छन् ।

जिल्लामा तीन वर्षयता वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत क्षेत्रीय सेवा केन्द्र नाम्सालिङ विकास केन्द्रको सहयोगमा जिल्ला सेवा केन्द्रका रुपमा देउराली सोसाइटीले चुलो निर्माणका लागि सहजीकरण गर्दैआएको छ ।

बाँकी घरधुरीमा पनि यथाशीघ्र धुवाँरहित सुधारिएको चुलो निर्माण गरी जिल्लालाई नै घरभित्रको धुवाँरहित जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका सूचना अधिकारी देवेन्द्र निरौलाले बताए ।

स्वास्थ्यका लागि निकै हानिकारक मानिने धुवाँ घरभित्र जम्मा हुन नदिन र स्वस्थ समाज निर्माणका लागि अभियानलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...