व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ ।

धनकुटा ५ बिहिवारे हटिया नजिकै सोही स्थानका १७ वर्षीय कुशल राई र आयुष राई माथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कुशलको टाउको र ढाड साथै आयुषको गर्धन र बायां पाखुरामा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न धनकुटा ६ नाशाल चोकका १९ वर्षीय रुसुक नेवा खड्की र धनकुटा नपा ७ का १८ वर्षीय लाजीहाङ लिम्बुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने प्रारम्भिक अनुसन्धानमा छुरा प्रहारको कारण पुरानो रिसइवी देखिएको साथै समूह बनाई झगडा गरेको देखिएकोले दुवैपक्षका थप २र२ जना गरी जम्मा ४ जना नाबालकहरूलाई समेत सोधपुछ भैरहेको प्रवक्ता खनालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...