जाजरकोटमा साढे ७ घण्टाको फरकमा ४.४ म्याग्निच्युडको भूकम्प

Jajarkot earthquake

काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पैंक केन्द्रबिन्दु भएर मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार राति मात्रै ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

यसअघि गत चैत २१ गते साँझ ८ बजेर ७ मिटेर र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर साना(साना भूकम्प गइरहेका छन् । गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...