घरबाटै पक्राउ गरे रास्वपा सभापति रवि लामिछाने

Rabi pakrau

काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन् ।

आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।

यसअघि लामिछानेले आजै गिरफ्तारी दिने बताएका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु ।’

उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन्। ुन्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । ममाथि ठूलो अन्याय भएको छ,ु उनले भनेका छन् । उनले भोलि (शनिबार) चितवनमा हुने भनिएको सभा रोक्न पनि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...