धनकुटामा सात दिने आधारभूत पत्रकारीता तालिम शुरु

Journalism training

धनकुटा । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा आधारभूत पत्रकारीता तालिम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको उद्यम प्रर्वद्धन कार्यक्रम अन्तर्गत धनकुटामा आधारभुत तालिम शुरु भएको हो ।

सो तालिमको उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, घरेलु तथा साना उद्योग कार्यालयका तालिम संयोजक विकास कार्की लगायतले धनकुटामा पत्रकारीता क्षेत्रमा युवाहरुको आकर्षण बढाउन आधारभुत तालिम सञ्चालन गरिएको बताए ।

नेपाल पत्रकार महासंघ धनकुटाको संयोजनमा आजदेखि शुरु भएको सात दिने आधारभूत तालिममा धनकुटा ३० जनाको सहभागीता रहेको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरीबहादुर लम्जेलले जानकारी दिनु भयो । आज नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार रमेशचन्द्र अधिकारीले प्रशिक्षण दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...