धनकुटामा सकियो वन डडेलो सम्बन्धी सप्ताह

Ban saptaha dkt

धनकुटा । धनकुटाका सामुदायीक वनहरुमा लाग्ने डडेलो नियन्त्रणका लागि सचेतना जगाउन गरिएको वन डडेलो रोकथाम तथा नियन्त्रण सप्ताह सकिएको छ ।

जिल्ला बन कार्यालय धनकुटाले यही चैत १ गतेदेखि ६ गतेसम्म सप्ताहव्यापी सचेतना अभियान सञ्चालन गरेको थियो । आज एक कार्यक्रमको आयोजना गरी वन डडेलो रोकथाम तथा नियन्त्रण सप्ताहको समापन गरेको छ ।

सो कार्यक्रमको समापन गर्दै कोशी प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीले बन डडेलो नियन्त्रणमा नागरिकहरु नै सचेत हुनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य पराजुलीले एभोकोडोको विरुवामा पानी हालेर सप्ताह समापन कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा धनकुटाका जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, सामुदायीक वन उपभोक्ता महासंघका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र खड्का लगायतले हिउँद लागे लगत्तै वन डडेलो लाग्ने भएकाले वन डडेलो नियन्त्रणका लागि स्थानीय तहले पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिए ।

सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाको अध्यक्षता र सदस्य संगीता चापाँगाईले सञ्चालन गरेको सो कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख सञ्जिवराज ढकाललाई स्वागत तथा सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...