एमालेको धनकुटा ९ मा भीमप्रसाद ढकाल अध्यक्ष चयन

Uml dkt 9

धनकुटा । नेकपा एमाले धनकुटा नरपालिका वडा नं. ९ को दोस्रो वडा अधिवेसन सम्पन्न भएको छ ।

सो अधिवेसनले भीमप्रसाद ढकालको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा धनन्जय चापागाई, सचिवमा लोक बहादुर राई, उपसचिवहरुमा पार्वती राई र मोहन बास्तोलालाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी कोपिला लामिछानेको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन भएको छ ।

धनकुटा ९ बेलहरामा भएको सो वडा अधिवेसनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बिना राई, जिल्ला कमिटी सचिवालय सदस्य खजेन्द्र राई, धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छारा, सचिव लक्ष्मण घिमिरे, नगरपालिका वडा नं. ९ का वडाध्यक्ष टंक रोइला, धनकुटा नगर कमिटीका प्रचार विभाग प्रमुख तुलसा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...