धनकुटाको चौबिसेमा आगलागी हुँदा १ घर जल्यो

Chaubise aagolagi

धनकुटा । खाना पकाउन आगो सल्काउने क्रममा आगलागी हुँदा धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ को छ नं. बुधबारे स्थित ठूलो मुक्तरामा एक घर जलेर नष्ट भएको छ ।

हिजो साँझ साँढे ५ बजेतिर खाना पकाउने ४८ वर्षीय भीमबहादुर मगरको सानो घरमा आगलागी भएको थियो । तर समयमै निभाउन नसक्दा बसोबास गर्दै आएको ठूलो घरमा आगलागी भएको थियो । सो आगलागीबाट पूरै घर जलेर नष्ट भएको छ ।

स्थानीय जनता आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तरबहादुर मगरका अनुसार घरमा आगलागी भएपछि घरभित्र रहेका सबै अन्नपात, लत्ताकपडा र कटानी गरेर राखिएका काठहरु सबै जलेर नष्ट भएका छन् । अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...