सौगात तामाङको अध्यक्षतामा एमाले धनकुटा १ को वडा कमिटी गठन

Uml 1 dkt

धनकुटा । नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. १ वडा कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

सो अधिवेसनले भुपाल घलेको अध्यक्षतमा ३१ सदस्य वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष जमुना तामाङ, सचिवमा उत्सब छाराहाङ राई, उपसचिवहरू माधव रिजाल र सुजन घिमिरेलाई चयन गरेको छ ।

सो अधिवेसनको नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बु, नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य चन्द्र बस्नेत, नेकपा एमाले धनकुटा नगर कमिटीका अध्यक्ष अर्जुन छारा राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष वाङ्दा तामाङको सहभागीता रहेको थियो ।

सो अधिवेशनको अवसरमा वडा कमिटीले वडा भित्रका ९० जना जेष्ठ कम्युनिस्टहरुलाई प्रमाणपत्र र अविरले सम्मान गरेको छ । सोही अधिवेसनमा धनकुटा नगरपालिका वडा नं २ युवा संघ सभापति ललित घिमिरेले काङ्ग्रेस पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...