सञ्चारिका समूह धनकुटा अध्यक्षमा शर्मिला राई

Sancharika news

धनकुटा । सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।

सञ्चारिका समूह धनकुटाको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा कोकिला भण्डारी र चाँदनी राई, सहसचिवमा बालकुमारी थापा, कोषाध्यक्षमा षष्टिका राई, सदस्यहरुमा बिनु कार्की, उपासि ताजपुरिया, पञ्चमाया तामाङ, तुलसा पैडेल, सृजना खुलाल, धनकुमारी राई रहेका छन् ।

संविधानसभा सदस्य लीला सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य सरीता बराइली, नेपाल प्रेस युनियनका धनकुटा अध्यक्ष विनोद घिमिरे, प्रेस चौतारी धनकुटाका अध्यक्ष नारायण आठपहरीय राई, नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार रमेशचन्द्र अधिकारी, नेपाल आदीवासी जनजाति पत्रकार महासंघका कोशी प्रदेशका निवर्तमान अध्यक्ष सन्तवीर लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...