साँगुरीगढी गाउँपालिकाद्धारा किसानलाई मौरीको घार वितरण

Mauriko ghar bitaran

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले किसानहरुलाई मौरीको घार वितरण गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको आर्थिक विकास समिति अन्तर्गत कृषी कार्यक्रममार्फत साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेमा १० घर परिवारलाई ६५ वटा मौरीको घार वितरण गरेको हो ।

उनीहरुलाई आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विकास समितिको विनियोजित रकम ३ लाख रुपैयाँको लागतमा ६५ वटा मौरीको घार वितरण गरिएको आर्थिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य बालकृष्ण राईले जानकारी दिए ।

सो मौरीको घार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उपाध्यक्ष मुना राई, वडा नं. ९ का वडाध्यक्ष जितबहादुर राई लगायतको सहभागीता रहेको थियो । साँगुरीगढी गाउँपालिकाको वडा नं. ९ का किसानहरु मौरी पालनतर्फ आकर्षित भएका छन् ।

उनीहरुले मह उत्पादन गरेर मनग्य आम्दानीसमेत गरिरहेका छन् । अझ यो क्षेत्रका किसानलाई मह उत्पादन गरेर आर्थिक विकासमा टेवा पुगोस् भनेर मौरीको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...