धनकुटा ३ पूर्ण खोप सुनिश्चित वडा घोषणा

Dkt 3

धनकुटा । धनकुटा नगरपालिका वडा नं.३ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।

यसअघि दुई पटक पूर्ण खोप सुनिश्चित घोषणा भएको धनकुटाले २०८२ सालमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम अनुसार वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको वडा अध्यक्ष बिकास घिमिरेले बताए ।

खोपको सुनिश्चितताका लागि वडाका तीन जना स्वास्थ्य स्वयंसेविका र ४ जना स्वास्थ्यकर्मीको टोलीले १५ दिन लगाएर पूर्ण खोपको कार्यक्रम सम्पन्न गरेको सिनियर अहेव अन्जना तिम्सिनाले जानकारी दिइन् । वडाका जन्मेदेखि २४ दिन सम्मका एक सय १८ जना बालबालिकाहरुले पूर्ण खोपको मात्रा पुरा गरिसकेका छन् ।

बिद्यालय भर्ना गर्दा जन्म दर्ता अनिवार्य गरेझैं पूर्ण खोप लगाएको कार्ड पनि बिद्यालयमा अनिवार्य गर्न सके पूर्ण खोप सुनिश्चित कार्यक्रम प्रभावकारी हुने अध्यक्ष घिमिरेको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...