एमाले छथरजोरपाटीमा चन्द्र लिम्बु अध्यक्ष चयन

Uml chathar

धनकुटा । नेकपा एमाले छथर जोरपाटी गाउँपालिकाको दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेको सो दोस्रो अधिवेसनले युवा नेता चन्द्र लिम्बुको अध्यक्षतामा ६३ सदस्य गाउँपालिका कमिटी गठन गरेको छ ।

सो अधिवेसनले उपाध्यक्षमा महेन्द्र थापा, सचिवमा ओमबाबु थापा, उपसचिवहरुमा लक्ष्मी लिम्बु र चन्द्र लिम्बुलाई चयन गरेको छ । सो अधिवेसनले श्रीकृष्ण कट्टेल अध्यक्ष र इन्द्र सारु मगर सचिव रहेको लेखा समिति समेत चयन गरेको छ ।

नेकपा एमाले छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष इन्द्र सारु मगरको अध्यक्षतामा भएको सो अधिवेसन उद्घाटन कार्यक्रममा नेकपा एमाले धनकुटा इन्चार्जसमेत रहनुभएका संघीय सांसद राजेन्द्र राई, केन्द्रिय सदस्य सकुन्तला बस्नेत, नेकपा एमाले धनकुटामा अध्यक्ष शिव आङ्ला लिम्बु सहितले जनताको बहुदलीय जनवादलाई आधार मान्ने पार्टी सरकारमा पुगेपछि केही गर्न सक्छ भन्ने कुरा अहिले पार्टी सरकारमा गएपछि देखिएको दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...