एमाले पाख्रिवासमा सिताराम राई चयन

Cpn uml pakhribash

धनकुटा । नेकपा एमाले पाख्रिबास नगरपालिका कमिटीमा सिताराम राईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतित्थ्यतामा सम्पन्न सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट राईसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

वनिर्वाचित कमिटीका अध्यक्ष राईसहित उपाध्यक्षमा मदन राई, सचिव दुर्गा सुबेदी, उपसचिवमा तोर्णबहादुर खपाङ्गी र मिठू देउजा निर्वाचित भएका छन् । त्यस्तै लेखा समितीको अध्यक्षमा मित्रबहादुर गौतमको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन गरिएको छ ।

नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका अध्यक्ष तथा जिल्ला पार्टीका उपाध्यक्ष चिन्तन तामाङ, केन्दिय्र सदस्य राजेन्द्रकुमार राई सफत खुवाएका थिए । सो अधिवेसन उद्घाटनका क्रममा प्रतिनिधि छनौटको विषयलाई लिएर केहीबेर तनाव सिर्जना भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...