नेकपा एमाले सहिदभुमीको अध्यक्षमा मात्रृका राई चयन

Cpn uml sahidvumi

धनकुटा । नेकपा एमाले सहिदभूमि गाउँ कमिटीको अध्यक्षमा मातृका राई चयन भएका छन् ।

दोस्रो ऐतिहासिक अधिवेशनमार्फत मातृका राईको नेतृत्वमा ६३ सदस्य नेकपा एमाले सहिदभुमी गाउँ पालिका कमिटी र मोहन छिलिङ राईको अध्यक्षतामा लेखा समिति चयन गरिएको छ ।

शुक्रबार सम्पन्न सो अधिवेसनबाट उपाध्यक्षमा हेमकुमार राई, सचिव बलिन्द्रमान राई र उपसचिवद्धय होमनाथ राई र निर्मला राई चयन भएका छन् । त्यस्तै लेखा समितिमा मोहन छिलिङ राईको अध्यक्षतामा उपाध्यक्ष किसान राई, सचिवमा भुपाल भण्डारी र सदस्यहरुमा डेनी राई, डम्बरकुमारी राई, फुलकुमारी विक चयन भएका छन् ।

बिहीबार भएको उद्घाटन सत्रको नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघीय सांसद राजेन्द्रकुमार राईले गरेका थिए । बन्द सत्र भने शुक्रबार मात्रै सकिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...