धनकुटाको परेवादिनमा सिलामसाक्मा परेवाको स्तम्भ निर्माण

Parewa murti

धनकुटा । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं. –५ परेवादिनमा सिलामसाक्मा परेवा स्तम्भ निर्माण गरिएको छ ।

छथरजोरपाटी गाउँपालिकाको २ लाख, वडा कार्यालयको १ लाख ५० हजार र कोरियामा बसोवास गर्दै आएको उत्तम थोक्लेन तथा नविन थोक्लेनले दक्षिण कोरियाबाट संकलन गरेर पठाएको ४ लाख ६३ हजार गरी ८ लाख १३ हजार रुपैयाको लागतमा सिलामसाक्मा परेवा स्तम्भ निर्माण सम्पन्न भएको हो ।

परेवादिनमा आउने पर्यटकलाई लक्षित गर्दै साविकको परेवादिन गाविसको परेवादिन चोकमा परेवा स्तम्भ निर्माण गरिएको वडा अध्यक्ष डिकबहादुर थोक्लेनले जानकारी दिए ।

स्थानीयको सक्रियता र उत्तम थोक्लेन र नविन थोक्लेनको प्रयासबाट करिव १ महिनाअघि मात्रै निर्माण सम्पन्न भएको उक्त स्तम्भको बिहीबार मात्रै औपचिारक रुपमा उद्घाटन गरिएको छ । सो स्तम्भको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बिहीबार उद्घाटन गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...