किसान महासंघ धनकुटामा सूर्य आठपहरीय राई चयन

Kishan mahasang dkt

धनकुटा । नेकपा एमाले निकट मानिएको अखिल नेपाल किसान महासंघ धनकुटाको सातौं जिल्ला अधिवेसन धनकुटामा सम्पन्न भएको छ ।

बिहीबार नेकपा एमाले धनकुटाको पार्टी कार्यालयमा भएको सो अधिवेसनले सूर्य आठपहरीय राईको अध्यक्षतामा २७ सदस्य जिल्ला कमिटी गठन गरेको छ । सो अधिवेसनले उपाध्यक्षमा राधा राई र चन्द्रलाल तामाङ, सचिवमा शंकर मिश्र, सहसचिवमा वीरबहादुर लामिछाने र कोषाध्यक्षमा पम्फादेवी लिम्बुलाई चयन गरेको छ ।

महासंघका सदस्यहरुमा खगेन्द्र परियार, कोपिला लामिछाने, दील पिठा, वीरेन्द्र खड्का, रामु राई, धनबहादुर राई, भगत राई, नगेन्द्र घिमिरे, सुमन सिंह थापा, ओम प्काश पुलामी, ख्याम बराल, यज्ञ भण्डारी, निलबहादुर कार्की, माधव रिजाल, आइती माया तामाङ, चन्द्र लिम्बु, अनिता पोख्रेल, उर्मिला राई, पार्वती राई, उमा कार्की र दुर्गा दर्लामी चयन भएका छन् ।

सो सातौं जिल्ला अधिवेसनको अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष बेनु शिवाकोटीले गमलामा पानी हालेर उद्घाटन गरेका थिए । अध्यक्ष सूर्य आठपहरीय राईको अध्यक्षतामा भएको सो अधिवेसन उद्घाटन कार्यक्रममा अखिल नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष दुर्गा थापा, नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य भीमादेवी खनाल लगायतले किसानका समस्या समाधान गर्न सरकारले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...