एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी गठन गरेको छ । छारा यसअघि पनि नगर अध्यक्ष थिए ।

हिजो राती १० बजे सम्पन्न सो अधिवेसनले उपाध्यक्षमा चन्द्रकृष्ढा ढकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवहरुमा मानबहादुर राई र दुर्गा ढकाल चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र राईले उद्घाटन गरको सो अधिवेसनमा कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, केन्द्रिय सदस्य सकुन्तला बस्नेत र नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लगायतले पार्टीको काममा सबैले इमान्दारीताका साथ खटिन आग्रह गरे ।

सो अधिवेसनमा जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन

Uml dkt 10

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...