समाजवादी प्रेस संगठन ललितपुरमा निरोज त‍ोलाङ्गे चयन

Samajwadi press sangathan lalitpur

ललितपुर । नेकपा एकीकृत समाजवादी निकट रहेको समाजवादी प्रेस संगठन ललितपुरको जिल्ला भेलाले निरोज त‍ोलाङ्गेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

त‍ोलाङ्गेको अध्यक्षतमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा थोमस बोगटी, महिला उपाध्यक्षमा टीका रसाइली, सचिवमा राजेश पन्त, सह सचिवमा निगम सुन्दास, समावेशी सहसचिवमा सलोमी दाहाल र कोषाध्यक्षमा सुनकुमारी थिङ रहेका छन् । सदस्यहरुमा सरु वागदास, दिपेन्द्र थिङ, मुकेश जनाला र यमकुमार मुदेल चयन भएका छन् ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वाला, संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, सल्लाहकार उत्तरसिंह विष्ट, उपाध्यक्षहरु सुभाष शाह, सविन शर्मा, अस्मिता गिरी र कार्यवाहक महासचिव प्रेम गौतम र उपत्यका प्रदेशका कोषाध्यक्ष गणेश विक लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...