स्ववियु निर्वाचन : महिला नेतृको इतिहास दोहोर्‍याउने तयारीमा तिवारी

Muna tiwari ktm

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया शुक्रबार सुरु भएसँगै विद्यार्थी नेताहरुको दौडधुप बढेको छ । खासगरी क्याम्पसहरुमा नेतृत्व हात पार्न टिकट लिनेदेखि विद्यार्थी खुसी पार्न विद्यार्थी नेताहरु संगठनात्मक र व्यक्तिगत रुपमा निक्कै लागिपरेका छन् ।

आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । यहीभित्र पर्छ काठमाडौंको शंकरदेव क्याम्पस । जहाँ देशभरका क्याम्पसहरुमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । त्यही क्याम्पसमा अध्ययनरत छन् मुना तिवारी ।

तिवारी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका आवद्ध छन् । उनी पहिलोपटक शंकरदेव क्याम्पसमा विद्यार्थीहरुको हक र हितका लागि नेतृत्व पाउन दौडधुप गरिरहेकी छन् । उनी अनेरास्ववियुले उम्मेदवार बनाउँदा उनी पहिलो प्राथमिकतामा परेकी छन् । किनकी उनी विद्यार्थीमाझ निक्कै लोकप्रिय नेतृ हुन् ।

अन्य क्याम्पसहरुमा विद्यार्थी नेताहरु स्ववियु सभापतिको उम्मेदवार हुन हानाथाप गर्छन् । त्यसमा पनि अनेरास्ववियुमा त स्ववियु सभापतिको टिकट पाउन पनि निक्कै लामो कसरत गर्नुपर्छ । तर, शंकरदेव क्याम्पसमा भने अनेरास्ववियुले आफ्नो अस्तित्व रक्षाका लागि मात्रै निर्वाचनमा भाग लिने गर्छ । किनकी यो क्याम्पसलाई नेपाली कांग्रेस निकठ नेपाल विद्यार्थी संघको अड्डाको रुपमा लिइन्छ । त्यही भएर योपटक अनेरास्ववियुका नेताहरु टिकट पाउन मरिहत्ते गर्ने पक्षमा छैनन् ।

तर, मुना तिवारी ले भने पहिलोपटक शंकरदेव क्याम्पसमा एमाले अखिलको गज बसाउनेगरी चुनावी मैदानमा उत्रिने तयारीमा छन् । उनीसँगै बालकृष्ण खड्का र दिलिपबहादुर बोहराले पनि सभापतिको आकांक्षा राखेका छन् । यी ३ जनामध्ये पहिलो प्राथमिकतामा तिवारी छन् ।

२०५३ सालमा जन्मिएकी तिवारीको परिवार नै नेकपा एमालेमा आवद्ध छन् । उनी जन्मिदा नै उनका बुवा लक्ष्मी तिवारी वडा कमिटी सदस्य थिए । यसअर्थमा पनि मुनालाई सानैदेखि राजनीतिक छाप परेको थियो । उनी विद्यालय तहदेखि नै राजनीितमा होमिएकी थिइन् । तर, स्नातक तहसम्मको अध्ययन गर्दा खुल्ला रुपमा राजनीति गर्ने वातावरण थिएन । अर्थात् क्याम्पसमा राजनीति गर्न प्रतिवन्ध नै थियो । तर, उनी राजनीतिमा चाँही सधैं सक्रिय नै थिइन् । उनी विविएस पढ्दा नै विद्यार्थीको अध्यक्ष चुनिएर विद्यार्थीका समसया समाधानमा उत्तिकै सक्रिय बनिन् । त्यही भएर पनि उनलाई विद्यार्थी आन्दोनले सँगै तान्दै ल्यायो ।

त्यति मात्रै होइन, उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा झापाको वाह्रदशी गाउँपालिकामा उपाध्यक्षको स्वतन्त्र उम्मेदवारी दिइन् । तर राजनीितक दवावका कारण उनले उम्मेदवारी फर्ता लिनुपरेको थियो । त्यसपछि उनी काठमाडौं आइन् । त्यसपछि उनी शैकरदेव क्याम्पसमा भर्ना भइन् । त्यो बेला तत्कालीन नेकपा विभाजनपछि उनी शंकरदेव क्याम्पस कमिटीमा मनोनित भइन् । साथै उनी ऐन महर नेतृत्वको कमिटीमा केन्द्रिय सदस्य मनोनित भइन् । पछि सुनिता बरालको कमिटिमा पनि केन्द्रिय सदस्यमा दोहोरिइन् ।

विद्यार्थीमाझ निक्कै लोकप्रिय छवि रहेका कारण उनी योपटकको निर्वाचनमा शंकरदेव क्याम्पसमा जित हात पार्नेगरी लागिपरेकी छन् । पद्मकन्या क्याम्पस बाहेकका काठमाडौं उपत्यकाभित्रका ठूला क्याम्पसहरुमा रामकुमारी झाँक्रीबाहेक अरु महिला नेतृले नेतृत्व गर्न पाएका छैनन् । तर, उनी योपटक अर्काे इतिहास रच्नेगरी शंकरदेव क्याम्पसमा हुने स्ववियुको निर्वाचनमा होमिने तयारीमा लागेकी छन् ।

उनले योपटक विद्याथीृको मन जितेर जसरी पनि शंकरदेवमा अखिलको झण्डा फहराउने इच्छा रहेको बताइन् । ‘मलाई योपटक सचेत विद्यार्थीले मत दिनुहुनेछ । किनकी मैले लामो समयसम्म विद्यार्थी आन्दोलनमा जीवन व्यतित गरेको छु’, उनले भनिन्, ‘त्यतिमात्रै होइन, म शंकरदेवमा नयाँ इतिहास कायम गर्दै क्याम्पसको मुहार बदल्नुपर्छ भनेर लागेकी छु ।’

प्रतिकृया दिनुहोस