प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता, विषय राष्ट्रपतिमै केन्द्रित

Prachanda and kp sharma oli

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएपछि नेकपा एमाले लगायतका सत्ता गठबन्धनका दलहरू रुष्ट रहँदै आएका छन् । राष्ट्रपपतिको निर्वाचनको मिति नजिँकदै गर्दा ओली र प्रचण्डबीचको दुरी बढ्दै गएको छ । ओली राष्ट्रपतिको निर्वाचनमा माओवादीले नेपालली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ला की भन्नेमा त्रसित छ । माओवादी पनि जतिसक्दो राष्ट्रिय सहमतिको बहानामा राष्ट्रपति कुनै पनि हालतमा एमालेलाई नदिने पक्षमा छ ।

राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्था आएको छ । नेकपा उमालेका अध्यक्ष ओलीले समेत यसको संकेत गरिसकेका छन् । अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेसनको उद्घाटनका क्रममा गठबन्धन टुटे अनौठो नमान्ने संकेत गरिसकेका छन् ।

दुई नेताबीचको सम्धन्धमा दरार पैदा भइरहेका बेला ओलीले प्रचण्डलाई खुसी पार्न अनेक दाउ गरिरहेका छन् । उनले पटकपटक बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरिरहेका छन् । आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएको बताइएको छ । भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको छ ।

दाहालले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने’ अडान राखिरहेका कारण कांग्रेसले मुलुकको सर्वोच्च पद आफ्नो पोल्टामा पर्ने आशा राखेको छ । सरकारलाई विश्वासको मत दिएर दाहाललाई फकाउन सुरु गरेका कांग्रेस नेताहरू पछिल्लो समय राष्ट्रपति पद पाउनेमा थप विश्वस्त हुँदै गएको देखिन्छ । माओवादीको प्रस्ट धारणा बनिनसकेका कारण उम्मेदवार चयनमा प्रधानमन्त्री दाहालकै निर्णय पर्खिरहेको छ ।

एमालेले पुस १० मा दाहाललाई प्रधानमन्त्री बनाउने बेला भएको भद्र सहमतिअनुसार राष्ट्रपति पद आफूहरूले पाउनुपर्नेमा जोड दिइरहेको छ । तर, ओलीले राष्ट्रपतिमा कसलाई अघि सार्न खोजेका छन् भन्ने कुनै संकेत गरेका छैनन् । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि परिस्थिति बदलिएको तर्क गर्दै माओवादीले एमाले अध्यक्ष ओलीको ‘खल्तीबाट निकालिने उम्मेदवार’ लाई समर्थन नगर्ने प्रस्ट जनाउ दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...