यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले दियो रनवे १२ अध्ययन गर्न अन्तरिम सुझाव

Yati accident pokhara

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

पोखरामा माघ १ गते भएको यति एयरलाइन्सको दुर्घटना जाँच आयोगले पोखरा विमानस्थलको रनवे १२ अध्ययन गर्न अन्तरिम सुझाव दिएको छ । आयोगले रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले अध्ययन गर्न सुझाव दिएको हो ।

माघ १ गते काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरको ९ एन(एएनसी, एटीआर(७२ विमान १०ः५० बजे सेती नदीको खोंचमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

डेढ महिनाको कार्यावधिसहित सरकारले माघ १ गते पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोग सदस्यहरुमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील प्रधान, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्‍ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आयोगले दुर्घटनाको ३ वटा कारण हुन सक्ने उल्लेख गरेको छ । जहाजका दुवै प्रोपेलर फेदरमा गएको अवस्था, मानवीय कारण र भिजुअल एप्रोच प्रोसिजर्सको विषयमा अध्ययन केन्द्रित गरेको उल्लेख गरेको छ । प्रारम्भिक प्रतिवेदनमा आयोगले नागरिक उड्डयन प्राधिकरणलाई उपयुक्त उडान मार्ग निश्चित गर्न विस्तृत अध्ययन गर्न भनेको छ ।

प्रारम्भिक प्रतिवेदनको पूर्णपाठ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...