साझा विवेकशीलको अध्यक्षमा समिक्षा र महासचिवमा रञ्जु चयन

Samisha prakash milan ranju bibekshil

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन् ।

काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट मिलन पाण्डे र प्रकाशचन्द्र परियार सर्वसम्मत रुपमा उपाध्यक्ष चयन भएका छन् । अन्य पदाधिकारीमध्ये सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।

महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। महाधिवेशनले २१ जना केन्द्रीय सदस्यहरु चयन गर्ने र १३ जना केन्द्रीय समितबाट मनोनयन गरिने भएको छ । बाँकी २१ जनामध्ये ८ जना अहिलेलाई खाली राख्ने र १३ जना केन्द्रीय समितिले पछि मनोनित गर्ने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

वैकल्पिक राजनीतिको नारा बोकेर २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा स्थापना भएको विवेकशील साझा पार्टीले ‘हामी उठ्नेछौं ’ भन्ने अठोटका साथ पुनर्जागरणको अभियान थालेको हो । पटक/पटक विभाजनको सिकार हुँदै आएको यो दलले काठमाडौंमा शुक्रबारदेखि दुईदिने प्रथम महाधिवेशन गरेर आफूलाई ब्युँताएको हो ।

प्रतिकृया दिनुहोस