सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ

प्रदेश सरकारमा एकीकृत समाजवादीको इन्ट्री

Supa sarkar sapath

काठमाडौं । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवाी) का नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराए ।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संबैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । देउवा कांग्रेस सभापति शेरबहादुर देउवामा भतिज हुन् । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...