सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त

Kamal bdr shah 27

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । तर, उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । अहिलेकै गठबन्धन कायम रहे कांग्रेसले पनि विश्वासको मत पाउने सम्भावना कम छ । किनकि सुदूरपश्चिम प्रदेशमा कांग्रेसको १९, नेकपा (एकीकृत समाजवादी) को ५ सिट छ ।

डिल्लीबजार कारागारमा रहेका नेता रेशम चौधरीको रिहाइ हुनुपर्ने अडानमा रहेको नागरिक उन्मुक्तिले मत नदिएसम्म कुनै दलको पनि बहुमत पुग्ने देखिँदैन । कांग्रेस, एमाले र माओवादी मिलेको खण्डमा बहुमत पुग्छ तर, तीनै दल एकै ठाउँमा उभिने सम्भावना तत्काल छैन ।

यदि कांग्रेसले पनि विश्वासको मत लिन नसके फेरि संविधानको धारा १६८ को उपधारा ५ मा जानेछ । त्यसबेला कुनै सांसदले आफूले संसदमा बहुमत सिद्ध गर्ने आधार प्रस्तुत गरे उसलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।

 

सुदूरपश्चिममा पुरानो गठबन्धन ब्युँतिने सम्भावना, कांग्रेसको हातमा सरकारको चाबी

प्रतिकृया दिनुहोस