सुदूरपश्चिममा पुरानो गठबन्धन ब्युँतिने सम्भावना, कांग्रेसको हातमा सरकारको चाबी

Sudurpaschim pradesh sabha

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पुरानो गठबन्धन ब्युँतिने सम्भावना बढेको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएसँगै पुरानो गठबन्धन व्यूँतने सम्भावना बढेको छ ।

सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । तर, रावतको बहिर्गमनसँगै सुदूरपश्चिममा पुरानो गठबन्धन ब्यूँतिएर नयाँ गठबन्धन बन्ने देखिएको छ । यसको अर्थ नेपाली कांग्रेसले पुरानो गठबन्धन ब्यूँत्याउन जरुरी छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसको १९, नेकपा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) को ४ र १ राप्रपा १ र १ स्वतन्त्र सदस्य छन् ।

अब कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुने छ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ अनिवार्य छ । माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रका निर्देशन अनुसार अगाडि बढ्ने बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । रावल पदमुक्त भएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउन बाटो खुलेको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् ।

संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ । संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।

चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट सत्तामा फर्किने बाटो खुलेको हो । अब संविधानको यही प्रावधानअनुसार कांग्रेसलाई सरकार बनाउने बाटो खुलेको हो ।

कांग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन रावलको पक्षमा बहुमत जुट्ने अवस्था हुन नदिन बुधबारदेखि नै सक्रियता बढाएको थियो । संविधानको व्यवस्थाबमोजिम कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री बने भने उनले फेरि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पाएनन् विश्वासको मत, ढल्यो सरकार

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...