संकटमा सुदूरपश्चिम सरकार, चौधरीलाई छुटाउन प्रचण्ड र ओलीको लिखित जवाफको पर्खाइमा नाउपा

Rajendra singh rawal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल निकै कठिन समयबाट गुज्रिरहेका छन् । मुख्यमन्त्री नियुक्त भइसक्दा पनि अहिलेसम्म ढुक्क हुन सकेका छैनन् ।

रावल निकै कठिन समयबाट गुज्रिरहेका छन् । मुख्यमन्त्री नियुक्त भइसक्दा पनि अहिलेसम्म ढुक्क हुन सकेका छैनन् । नागरिक उनमुक्ति पार्टीले विश्वासको मत दिन आनाकानी गरिरहँदा रावलको पद संकटमा छ ।

नागरिक उनमुक्ति पार्टीले विश्वासको मत दिन आनाकानी गरिरहँदा रावलको पद संकटमा छ । आजसम्म विश्वासको मत नपाए रावल पदमुक्त हुनेछन् । त्यसैले जसरी भए पनि उन्मुक्तिलाई सहमतिमा ल्याउन आजको प्रदेशसभा बैठक नै स्थगित भएको छ ।

यदि रावलले आज विश्वासको मत नलिएमा वा नपाएमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनको लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ ।

कांग्रेसलाई सरकार गठनको लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ । तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ । तर कांग्रेस नेतृत्वमा बन्ने सरकारले बहुमत पाउन पनि सजिलो हुने छैन ।

रावलले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । काठमाडौंमा रहेका नाउपाका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी नहुने अवस्था देखिएपछि बुधबारको बैठक स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा रहेको नाउपाले लिने निर्णयका आधारमा मुख्यमन्त्री रावलको भविष्य तय गर्नेछ । किनभने आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान नाउपाले लिएको छ ।

नाउपासँग सत्ता गठबन्धनका नेताहरु अन्तिम र निर्णायक छलफलमा सक्रिय छन् । सोही अन्तरगत बुधबार नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नाउपाका नेताहरुसँग भेटघाट गरेका थिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्री बनेका थिए । अहिलेसम्म एमाले, माओवादी र राप्रपाको मत पाउने निश्चित भए पनि नागरिक उन्मुक्ति अझै अनिर्णित छ । नागरिकलाई फकाउने अन्तिम प्रयास जारी रहेको सत्ता गठबन्धनले जनाएको छ ।

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले पनि बुधबार भएका शीर्ष तहको भेटमा ठोस समझदारी नबनेको बताउँदै विश्वासको मतबारे अहिले भन्न सकिने अवस्था नरहेको जनाए । ‘उहाँहरु (प्रचण्ड र ओली) सँगको भेटमा हामीले हाम्रा माग, मुद्दा सम्बोधन गरिदिनुपर्यो । त्यसपछि मात्र सुदूरपश्चिममा विश्वासको मत दिन सकिन्छ भन्ने कुरा राखेका थियौं,’ चौधरीले भने, ‘उहाँहरुले प्रक्रियामा अघि बढिसकेकाले पूरा गर्छौं भन्ने आश्वासन दिनुभयो तर हामीले उधारो आश्वासन र सम्झौता मान्दैनौं भनेका छौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...