लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा एमालेका दसौदी निर्वाचित

Kumar dasaudi

दाङ । लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।

नेकपा माओवादी केन्द्रसहितको साथ पाएका उनले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । पराजित नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्र विक्रम रायले १९२ मत ल्याए ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

प्रदेश राजधानी दाङस्थित घोराहीको कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चलेको थियो । यो निर्वाचनमा ३०५ मतदाता थिए । जसमा एकजनाले मतदान गरेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...