मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित

Rajendra singh rawal

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने निश्चित भएपछि सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएको छ । यस्तो अवस्थामा उनकै आग्रहमा बैठक स्थगित भएको हो ।

प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अव उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने अडानमा छ । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...