राप्रपा नेपालका पुर्व अध्यक्ष तामाङ नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने, मन्त्री बन्ने दाउमा !

Lakpa tamang 1

धनकुटा । राप्रपा नेपालका पुर्व अध्यक्ष लाक्पा तामाङ रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि जेलमा रहेका चौधरीसँग पटकपटक भेटघाट गरिसकेका छन् ।

कमल थापा नेतृत्वमा रहेका बेला पशुपति शमसेर राणा र डा। प्रकाशचन्द्र लोहनीसँग एकता गरेर सिंगो राप्रपा बनेको थियो । त्यसप्रति असन्तुष्टी जनाउँदै धनकुटाका लाक्पा तामाङले २०५७ साल चैत २५ गते राप्रपा नेपाललाई विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

राप्रपाको एकता महाधिवेसनमा अध्यक्षमा पराजित भएपछि कमल थापा पार्टी विहीन बनेका थिए । थापाले पार्टीमा नबस्ने घोषणा गरेपछि लाक्पा तामाङको पार्टी राप्रपा नेपालमा २०७८ फागुन ७ गते प्रवेश गरेका थिए । एकल बलमै राप्रपा नेपाल चलाउँदै आएका तामाङले कमल थापालाई पार्टी सुम्पिएपछि उपाध्यक्ष बनेका थिए ।

उपाध्यक्षकै हैसियतमा गत मंसिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका थिए । तर, पार्टी अध्यक्ष थापा नै नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा भाग लिएपछि उनी असन्तुष्ट बन्दै आएका थिए । अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट रहेका तामाङ केही समयअघिदेखि पार्टी परित्याग गरि स्वतन्त्र अभियान लिएर हिडेका छन् ।

धनकुटामा स्थानीय तह र अन्य विकासे योजनाहरुमा भएका भ्रष्टाचारको विरोध गरेर चर्चामा आएका तामाङले पछिल्लो समय डिल्लीबजार कारागारमा रेशम चौधरीसँग पटकपटक भेटघाट गरिरहेका थिए ।

तामाङ नेतृत्वको समुहले उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू पाउने पाक्का भएपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेका हुन् । तर, कहिले प्रवेश गर्ने विषयमा उनले केही खुलाएका छैनन् ।

नागरिक उन्मुक्ति पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । तर जेलमा रहेका चौधरीलाई जेलमुक्त बनाउने मुख्य रणनीति बनाएको नाउपा सरकारमा भने सहभागी बनेको छैन । यही बेला पार्टी प्रवेश गर्न लागेका तामाङले चौधरीसँग मन्त्री पदसमेत बार्गेनिङ गरेको स्रोतले बताएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन गरिरहँदा चौधरीलाई प्रधानमन्त्रीले चाहे भने ३ जना मन्त्रीहरू ६ महिनाका लागि मानोनित गर्ने अधिकार संविधानमा रहेको छ । यसै संवैधानिक अधिकारलाई प्रयोग गर्दै यतिबेला तामाङ नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्ने दाउमा छन् । तर, चौधरीको रिहाई विना नाउपा सरकारमा जाने सम्भावना भने छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...