उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित

Indira rana

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो ।

प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरे ।

नेपाली कांग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो । प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी उपसभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल नै भएन ।

लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल रानामगरको राजनीतिक यात्रा नयाँ हो । गत मंसिर ४ गतेको निर्वाचनअघि मात्रै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनीति सुरु गरेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । सयौं बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिएर रानामगरले समाजसेवाको क्षेत्रमा प्रसिद्धि कमाएकी छन् ।

सन् २०१७ मा बीबीसीको १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा अटाएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आएकी छन् । उनी आफैले सन् २००० मा स्थापना गरेको बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुको अधिकारको लागि लड्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...