केपी ओली भन्छन्, ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ’

Kp oli 5

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् ।

संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’

‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ,’ उनले भने । उनले संसद्‌मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताए । कांग्रेसले त गठबन्धन भत्काउँछौं, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘ठीकै छ ।’

‘कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र गठन गरेर नयाँ प्रचलन थालेको हो । मैले पहिले संविधानविपरीतको कुरा हुँदैन, पर्दैन भनेकै हो । तर कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर अभ्यास सुरु गर्‍यो,’ उनले भने, ‘अहिले हामीले त्यसैलाई निरन्तरता दिएको मात्रै हो । अहिले फेरि कांग्रेसले नै फेरि प्रश्न गर्‍यो । यसरी बेलगाम चल्ने कुरा र प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा यो पनि अशुभको संकेत हो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...