एमालेलाई शर्माले सोध, हामीले ढोक्सा थापेकोभन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो ?

Bishwaprakash sharma

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले ढोक्सा थापेको कथा हालेर सरकारलाई पिँजडामा राख्ने प्रयास गरिरहेको बताएका छन् ।

कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको प्रतिवाद गरेका छन् । ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको हो भने त्यसमा माछा नपर्ने बताएका थिए ।

न्यौपानेका प्रस्तावक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको प्रतिवाद गर्दै भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न योजना पनि छैन । तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ।’

प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुबीच जुहारी चलेको छ । प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेका सांसदहरुले आफ्ना उम्मेदवारलाई मत मात्र मागेनन्, एकाअर्कामाथि आरोप प्रत्यारोप समेत गरेका छन् ।

‘हामीले कुनै ढोक्सा थापेका छैनौँ । माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन । माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडाचाहिँ नबनाउनका लागि अनुरोध छ,’ शर्माले भने । उनले ओलीले संविधानले नचिन्ने उच्चस्तरीय संयन्त्र बनाएर देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरिरहेको बताए । ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाऔँ भन्दा संविधानले नचिनेको संयन्त्र नबनाऔँ भनेर इन्कार गर्ने, अनि अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको संयन्त्र बनाएर आफू नेतृत्व लिनु भनेको हामीले ढोक्सा थापेकोभन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो,’ उनले भने ।

एमालेका सचिव योगेश भट्टराईले कांग्रेस नेताहरुलाई जवाफ फर्काएका छन् । मनबाटै विश्वासको मत दिएको होला भन्ने लागेको भएपनि अहिले राजनीतिक टिकाटिप्पणी भइरहेको भन्दै उनले भने, ‘कतै त्यो विश्वासको मत जानुपर्ने अर्कातिर, लगाएको आँखा अर्कातिर हो कि भन्ने आभास भइरहेको छ ।’

चुनावअघि बनेको कोर्स (कांग्रेस नेतृत्वको गठबन्धन) अगाडि जाँदासम्म आफूहरु प्रतिपक्षमा बस्न तयार भएको उनले स्मरण गरे । पुस १० गते अपराह्न राजनीतिको कोर्स बदलिएको भन्दै उनले उनले भने, ‘त्यसअघि हामीले सभामुख पनि मागेनौं, राष्ट्रपति पनि मागेनौं । हाम्रो दल प्रतिपक्षमा बस्छ भनेका थियौं ।’

तर अहिले संसदमा लिने र दिनेको प्रसंग उठेको भन्दै उनले कांग्रेस धेरै लिने र एमाले दिनेमा पर्ने बताए । २००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा पनि कांग्रेसकै प्रधानमन्त्री भएको स्मरण गर्दै एमाले सचिव भट्टराईले भनेका छन्, ‘यो सम्झिन त मन थिएन, साथीहरु पुरानो गीत गाउनुभयो । हामी पनि गीत सम्झिऊँ भनेर मात्र सम्झिएको हुँ ।’

बिहीबार विहान मात्र प्रमोद खरेलको गीत माया गर्ने मुटुले हो, निधारले होइन भन्ने सुनेको भन्दै भट्टराईले भने, ‘यदि प्रधानमन्त्रीज्यूलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । यदि त्यो निधारतिर हो भने त्यसमा केही भन्नु छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...