धनकुटाका राजेन्द्र राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी

Rajendra rai

धनकुटा । धनकुटाबाट प्रतिनिधिसभाका निर्वाचित राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

धनकुटाबाट तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई दोस्रो पटक पराजित गरेर चर्चा बटुलेका राईलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुस ११ गते पहिलो चरणमै विना विभागीय मन्त्री बनाएको थियो । सोही दिन उनीसहितका अन्य मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन् ।

नयाँ सरकार बनेको २२ दिनपछि मन्त्रिमण्डल विस्तार हुँदा धनकुटाका राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी दिइएको हो ।

नेकपा एमालेको भागमा परेको आठ मन्त्रीमध्ये पहिलो चरणमा मन्त्री बनेका चारमध्ये विष्णु पौडेलले मात्र उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । आज शपथ खाने मन्त्रीमध्ये राजेन्द्र राईले भूमि व्यवस्था, ज्वाला साहले कृषि र दामोदर भण्डारीले उद्योग मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...